यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २४ गतेदेखि रुट परमिट खुला गरेको हो । "/>

सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला

सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २४ गतेदेखि रुट परमिट खुला गरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले आगामी असोज ३१ गतेसम्मका लागि इजाजत पत्र खुला गरिएको जानकारी दिए । ”काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेका हौ’। उनले भने ।

इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने उनले बताए । सरकारको यो कदमप्रति यातायात ब्यबसायीहरु पनि सकारात्मक छन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारको कदमले ब्यबसायी र यात्रु दुबैलाई राहत मिल्ने जानकारी दिए ।

यसैबीच विभागले यो अवधिभर सामान लिएर काठमाडौँ भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले यस्ता सवारी साधनलाई रोक लगाएको हो ।

Logo