काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै निषेधित क्षेत्र सिंहदरबार अगाडि धर्ना दिईएको छ । बलात्कारपछि हत्या गरिएको कञ्चपुरकी १३ वर्षीया बालिका निर्मलाका हत्यारा दुई महिना वितिसक्दा पनि पत्ता लाग्न नसकिरहेका बेला दुई दर्जन युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। "/>

निर्मलाको न्यायका लागि निषेधित क्षेत्र सिंहदरबारमा धर्ना

निर्मलाको न्यायका लागि निषेधित क्षेत्र सिंहदरबारमा धर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै निषेधित क्षेत्र सिंहदरबार अगाडि धर्ना दिईएको छ । बलात्कारपछि हत्या गरिएको कञ्चपुरकी १३ वर्षीया बालिका निर्मलाका हत्यारा दुई महिना वितिसक्दा पनि पत्ता लाग्न नसकिरहेका बेला दुई दर्जन युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। 

उनीहरूले १० मिनेट प्रदर्शन तथा नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले देशमा भइरहेका आपराधिक घटनामा सरकार मुकदर्शक बनेर बसेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। 

उनीहरू अपर्झट आएर धर्ना कसेकाले प्रहरीले समेत मेसो पाएन। सिंहदरबार गेटमा रहेका सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरू त्यहीँ बसेर नाराबाजी गरेका थिए। गत साउन १० गते होमवर्क गर्न साथीको घरमा गएकी निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिईन् । प्रहरीले घटना भएको २५ औं दिनमा बागफाँटाका ४१ वर्षीया दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

पछि डिएनए परीक्षणमा उनी निर्दोष भएपछि रिहा भएका थिए । त्यस्तै यो घटनाको छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुषको पनि डिएनए परीक्षण गरिएको थियो । जुन उनीहरुको पनि म्याच खाएन् । यतिबेला निर्मलालाई न्यायको माग गर्दै कञ्चनपुरसहित देशभर विरोध प्रदर्शन भईरहेको छ ।

Skip This
Skip This
Logo