काठमाडौँ

निर्वाचन आयोगले देशका विभिन्न २५ स्थानका ५६ पदका लागि उपनिर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । प्रदेश सभा सदस्यदेखि वडा सदस्यसम्मको उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको आयोगको भनाइ छ । "/>

प्रदेश र स्थानीय तहका ५६ पद रिक्त : उपनिर्वाचन गर्न कानुन अभाव

प्रदेश र स्थानीय तहका ५६ पद रिक्त : उपनिर्वाचन गर्न कानुन अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्वाचन आयोगले देशका विभिन्न २५ स्थानका ५६ पदका लागि उपनिर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । प्रदेश सभा सदस्यदेखि वडा सदस्यसम्मको उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको आयोगको भनाइ छ ।

निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार भक्तपुरको एउटा प्रदेश सभा, धरान उपमहानगरपालिकाको मेयर र संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन गर्नुपर्नेछ ।

स्थानीय तहका १७ वटा वडाका अध्यक्षको पनि उपनिर्वाचन गर्नुपर्नेछ । केही स्थानीय तहका सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूको पद पनि रिक्त छन् । तर वडाध्यक्ष, सदस्य र जिसस पदाधिकारीको उपनिर्वाचनबारे कानुन अस्पष्ट हुँदा आयोगलाई समस्या भएको छ ।
नयाँ पत्रिकाबाट

Logo