काठमाडौँ

मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । "/>

मापदण्डविपरीत सरुवा गरिएको भन्दै सर्वोच्चका कर्मचारी आन्दोलित

मापदण्डविपरीत सरुवा गरिएको भन्दै सर्वोच्चका कर्मचारी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको कर्मचारीको आरोप छ । सर्वोच्च अदालत प्रशासनले गत सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदार सहित ४ सय १८ जना कर्मचारी सरुवा गरेको थियो ।

कर्मचारी सरुवा सम्बन्धी मापदण्डमा अनुभवका आधारमा विभिन्न तहका अदालतमा सरुवा गर्ने र ऐन नियम विपरीत नहुने गरी महिला, अशक्त, अपांग र दलित कर्मचारीलाई सकभर दरबन्दी र सम्भव भएसम्म निजहरुले माग गरेको अदालतमा सरुवा गर्नुपर्ने प्रावधान राखिएको छ । उक्त मापदण्डमा काठमाडौं उपत्यकाका अदालतमा कार्यरत कर्मचारीको पारस्परिक सरुवाको निवेदनका आधारमा सरुवा नगर्ने बिषय समेत राखिएको छ ।

सर्वोच्चको आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमिति मार्फत मुख्य रजिष्ट्रारलाई बुझाएको ज्ञापनपत्रमा माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । उक्त कार्यसमितिले सरुवा तत्काल सच्याउन माग गरेको छ ।

निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमिति सर्वोच्च अदालतका सचिव हरी भट्टराईले सर्वोच्च अदालत प्रशासन र आधिकारिक ट्रेड यूनियन तथा राष्ट्रियस्तरका ट्रेड यूनियनहरु समेतको सहभागितामा बनाइएको रा.प अनंकित कर्मचारी सरुवा मापदण्ड विपरीत गरिएको बताए । उनले भने –‘छलफल त भइरहेको छ । माग पुरा नभए आन्दोलनमा होमिन्छौ ।’
नेपाल समाचारपत्रबाट

Logo