बिर्तामोड

तीन वटा ट्रक चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले एक व्यक्तिलाई पक्राउ गरेको छ । "/>

तीन वटा ट्रक चोरेर फरार व्यक्ति विर्तामोडबाट पक्राउ

तीन वटा ट्रक चोरेर फरार व्यक्ति विर्तामोडबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

बिर्तामोड

तीन वटा ट्रक चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरकोे फिदिम नगरपालिका–३ का १९ वर्षीय रोशन श्रेष्ठ रहेका छन् ।

कवाडी पसल तथा ग्यारेजमा बिक्री गरी आर्थिक लाभ लिने उद्देश्यले श्रेष्ठले ट्रक चोरी गरेको प्रहरीको भनाइ छ । चोरी भएका तीन वटै ट्रकहरु फेला पारिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्ण कोइरालाले बताए ।

गत भदौ ३० गते राति बिर्तामोड नगरपालिका ५ स्थित हर्कलाल मार्गमा पार्किङ गरी राखेको सुजन श्रेष्ठको ना ५ ख ४९८६ नम्बरको फुलबडी ट्रक चोरी भएको थियो । त्यस लगत्तै असोज २ गते राति बिर्तामोड नगरपालिका ५ स्थित एङ्गी बोइ होटल छेउमा पार्किङ गरेको दिलकुमार श्रेष्ठको ना २ ख ५०८१ नम्बरको फुलबडी ट्रक पनि चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।

दुई ट्रक चोरीको घटना सेलाउन नपाउँदै असोज ९ गते राति बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोल पम्प नजिक पार्किङ गरेको मे १ ख २६३८ नम्बरको जेनिस भट्टराईको ट्रक समेत चोरी भयो ।

चोरी भएका ट्रक मध्ये ना ५ ख ४९८६ नम्बरको ट्रक बिर्तामोडबाट नै प्रहरीले नियन्त्रणमा लिएको थियो । ना २ ख ५०८१ नम्बरको ट्रक सुनसरीको इटहरी र मे १ ख २६३८ नम्बरको ट्रक पर्साको वीरगन्जबाट बरामद भएको प्रहरीले जनाएको छ ।

ट्रक चोरी गर्नेको खोजी गर्ने क्रममा रोशन श्रेष्ठले चोरेको स्पष्ट भएपछि पक्राउ गरिएको प्रहरी प्रमुख कोइरालाले बताए । श्रेष्ठलाई प्रहरीले असोज १४ गते बेलुका बिर्तामोड नगरपालिका–५ मा लुकीछिपी बसेको सुराक पाएपछि पक्राउ गरेको हो ।
अन्नपूर्णबाट

Logo