काठमाडौँ
कानुनी अड्चनका कारण बागमतीमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया दुई दिन देखि बन्द भएको छ । मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्ने बारे स्पष्ट कानुनी प्रावधान नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ । यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकमा तीन अंक राखेर अर्थात १०० अंक राखेर दर्ता गर्न सकिदैन ।
विभागका प्रवक्ता गोकर्ण उपाध्यायले नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेको बताए । उनले अव बस्ने बैठकले संशोधन प्रस्ताव पारित गर्न सक्ने बताए । संशोधन प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पास भैसकेको र अब बस्ने मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरेपछि राजपत्रमा प्रकाशित भै संशोधित नियमावली लागु हुने उपाध्यायले जानकारी दिए ।
मन्त्रिपरिषदको अर्को बैठक असोज २१ गते बस्ने कार्यतालिका रहेको छ । सम्भवतः सोहि बैठकबाट नियमावलीमा संशोधन हुन सक्ने बताइएको छ । तर अझै यसबारे स्पष्ट जानकारी आइनसकेको विभागमा प्रवक्ता उपाध्यायले बताए । उनले बागमतीमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको बताए ।
नागरिकबाट































प्रतिक्रिया