काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी मंसिरमा नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ । "/>

मोदीको पाँचौँ नेपाल भ्रमण मंशिर १२ मा हुने

मोदीको पाँचौँ नेपाल भ्रमण मंशिर १२ मा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी मंसिरमा नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ । जयनगर कुर्था बर्दिबास रेलवे अन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न मोदी मंसिर १२ मा नेपाल आउने गरी तयारी थालिएको हो । भारतीय राजदूत मञ्जिबसिंह पुरीसहित दिल्लीबाट आएको एड्भान्स टोली बिहीबार जनकपुर जाँदैछ ।

मोदी बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि १४–१५ भदौमा नेपाल आएका थिए । त्यसअघि राजकीय भ्रमणका क्रममा मोदी २८ र २९ वैशाखमा नेपाल आएका थिए । त्यसबेला उनले काठमाडौं, जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । त्यसअघि उनी सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा २०७१ मंसिर १० र ११ मा नेपाल आएका थिए । प्रधानमन्त्री भएपछि उनले दोस्रो विदेशयात्राका क्रममा मोदी २०७१ साउन १९ र २० मा नेपाल आएका थिए ।

कूटनीतिक स्रोतका अनुसार मोदी १२ मंसिरमा जनकपुर आएर १३ मा पटना फर्किनेगरी भ्रमणको तयारी भइरहेको छ । उनी एकरात जनकपुरमै बस्ने सम्भावना रहेपनि तय भइसकेको छैन । मोदी यसपटक काठमाडौं भने आउने छैनन् ।
नयाँ पत्रिकाबाट

Logo