काभ्रे

डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ । "/>

अरनिको राजमार्ग दायाँबायाँ बनाइएका मापदण्ड बिपरितका संरचना हटाउन शुरु

अरनिको राजमार्ग दायाँबायाँ बनाइएका मापदण्ड बिपरितका संरचना हटाउन शुरु

केन्द्रबिन्दु
0
Shares

काभ्रे

डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ ।

सरकारले भक्तपुरको सूर्यविनायक देखि काभ्रेको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारी गरेसँगै सोमबार देखि बनेपा नगरपालिका–१४ साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घरटहरा तथा अन्य संरचना हटाउन शुरु गरेको हो ।

साँगा देखि धुलिखेल सम्मका १५६ घरटहरा हटाइने जनाइएको छ । मङ्गलबार ४५ घरटहरा, इलाका वन कार्यालयको भवन सहितका संरचना भत्काइएको छ । आज पनि जनागाल देखि बनेपासम्मको १० घरटहरा, इलाका प्रहरी कार्यालय बनेपाको पर्खाल सहितका संरचना भत्काइएको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताउनुभयो ।

धुलिखेल नगरपालिकाका वडा नं ३, ४ र ६ मा ३१ घरटहरा भत्काइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । वि.सं. २०३१ पहिले बनेका ५६ घरको मुआब्जा दिएर भत्काइने सडक विभागका डिभिजन इञ्जिनीयर गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । राजमार्गमा २५ मिटर अर्थात् ८२ फिट कायम हुने तथा बनेपा बजारको हकमा ७५ फिट मात्रै कायम गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि बनेपा बजारमा भने ७५ फिट कायम गरिएको हो ।
रासस

Logo