डडेल्धुरा ।
नेपाली काँग्रेस डडेल्धुराले सो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशिल सदस्यता वितरण कार्यको शुभारम्भ गरेको छ ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले सोमबार स्थानीय धौलीदेवी सार्कीलाई नयाँ क्रियाशिल सदस्यता प्रदान गरेर जिल्लाव्यापी रुपमा नयाँ क्रियाशिल सदस्यता वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
गन्यापधुरा गाँउपालिका–१ रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा क्रियाशिल कार्यकर्ताहरुका साथै जिल्लास्तरीय नेताहरु सहभागी थिए । सो वडा नेपाली काँग्रेसका सभापति देउवाको वडा हो । जिल्लाभर क्रियाशिल सदस्यता नविकरण गरिसकेको नेपाली काँग्रेस डडेल्धुराले गन्यापधुरा–१ का ८४ जनालाई नयाँ क्रियाशिल सदस्यता प्रदान गरेको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिए ।
सो वडामा ८४ जना पुराना क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण भइसकेकोले पार्टीको नीति अनुसार थप ८४ जनालाई नयाँ क्रियाशिल सदस्यता वितरण गरिएको गन्यापधुरा–१ का वडा सभापति पदमबहादुर महताले बताए । नयाँ क्रियाशिल सदस्यता वितरण कार्य शुभारम्भ भइसकेकाले जिल्लाका सबै वडामा जिल्लास्तरीय नेताहरुको सहभागितामा नयाँ क्रियाशिल सदस्यता वितरण गरिने नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।
नयाँ क्रियाशिल सदस्यता वितरणका सन्दर्भमा जिल्लास्तरीय नेताहरुबीच कुनै विवाद नदेखिएको र सदस्यता वितरण अभियान जिल्लाव्यापी रुपमा प्रभावकारी ढंगबाट सञ्चालन गरिने नेपाली काँग्रेस डडेल्धुराका सभापति मल्लले जानकारी दिए ।नेपाल समाचारपत्रबाट































प्रतिक्रिया