सर्लाही । दिनप्रति बदनाम बन्दै गएको प्रहरी फेरि अर्को लाजमर्दो कार्यमा संलग्न भेटिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोली ३० हजार घुुससहित एक प्रहरी हबल्दारलाई नियन्त्रणमा लिएको छ । "/>

प्रहरीको अर्को लाजमर्दो कार्य, ३० हजार घुससहित हबल्दार पक्राउ

प्रहरीको अर्को लाजमर्दो कार्य, ३० हजार घुससहित हबल्दार पक्राउ

केन्द्रबिन्दु
0
Shares

सर्लाही । दिनप्रति बदनाम बन्दै गएको प्रहरी फेरि अर्को लाजमर्दो कार्यमा संलग्न भेटिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोली ३० हजार घुुससहित एक प्रहरी हबल्दारलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार नुरुल होदा अन्सारी ३० हजार घुससहित रंगे हात पक्राउ परेका हुन् । आयोगको बर्दिबासस्थित टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नुन, तेल, चिनी र कपडा लगायतका समान नेपाल भित्र्याउन सहज वातावरण बनाइदिने भन्दै हवल्दार अन्सारीले व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको अख्तियारको टोलीले जनाएका छन् । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि आयोगको इकाइ कार्यालय बर्दिबास लगिएको छ ।

 

Logo