काठमाडौं।
भारतीय विदेश सविच हर्षवर्धन शृङ्गलले बिहीबारबाट नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।
परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनले सो भ्रमण गर्न लागेका हुन् । यसलाई विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाललाई कोरोनासँग जुध्न आवश्यक वस्तुहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया