काठमाडौं । मालपोत कार्यालय चाबहिलका प्रमुखसहित ४ कर्मचारी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा गरेको अभियोगमा कार्यालय प्रमुख कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारी पक्राउ परेका हुन् । "/>

अर्कैको नाममा जग्गा पास गराउँदा मालपोत प्रमुखसहित ४ कर्मचारी पक्राउ

अर्कैको नाममा जग्गा पास गराउँदा मालपोत प्रमुखसहित ४ कर्मचारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मालपोत कार्यालय चाबहिलका प्रमुखसहित ४ कर्मचारी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा गरेको अभियोगमा कार्यालय प्रमुख कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, गौशालाले प्रमुख तिम्सिनासँगै, नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताललाई पक्राउ गरेको वृत्तका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।

यसअघि सोही प्रकरणमा मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना पक्राउ परिसकेका छन् ।

प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेको छ ।

मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नं ३२५ को आठ आना एक पैसा र कित्ता नं ३२३ को छ आना जग्गा भट्टराई र बडुवालको नाममा पास गरेका थिए ।

 

Skip This
Skip This
Logo