काठमाडौँ
गृहमन्त्री राम बहादुर थापा बादलले सरकारविरुद्ध घेराबन्दी गरिएको बताएका छन् । पछिल्लो समय देशमा घटेका बलात्कारका घटना र पात्र विशेषलाई केन्द्रबिन्दुमा राखि केहि तत्वहरुले सरकारलाई असफल बनाउने खेलमा लागेको बताए ।
लायन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धले विश्व मुटु दिवसका अवसरमा आयोजना गरेको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
‘केहि ब्यक्ति र पार्टीहरुले सरकारलाई नियोचित रुपमा असफल बनाउने प्रयास गरिरहेका छन् ।’ गृहमन्त्री थापाले भने, ‘यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।’ सरकार बिरुद्ध घेराबन्दि भएपनि आफुहरुले सवैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको उनले बताए ।
न्याय दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्यायोचित नभएको प्रतिक्रिया दिए । उनले ९५ प्रतिशत बलत्कारी सरकारको कब्जामा रहेको बताएका छन् । त्यो मध्ये पाँच प्रतिशत अनुसन्धानकै प्रक्रियामा रहेको उनले बताए । यो देशमा निर्मला पन्त जस्ता धेरै बालिका बलात्कृत भएकोले त्यसमा सरकार गम्भिर रहेको उनको भनाई छ । ‘स्वदेशमा निर्मला मात्रै नभएर बिदेशमा समेत नेपाली चेली बलात्कृत भएका छन्,’उनले भने, ‘सरकार गम्भिर र प्रतिवद्ध छ ।’
राजधानीबाट





























प्रतिक्रिया