आज र भोलि बर्षा र हिमपात

आज र भोलि बर्षा र हिमपात

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज र भोलि भारी बर्षासहित हिमपात हुन् सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट आएको सामुद्रीक आँधी डायको असर स्वरूप नेपालमा बर्षा र हिमपात हुन् सक्ने महाशाखाको अनुमान छ । हिमाली क्षेत्रमा हिमपात हुन् सक्ने र अन्यत्र बर्षा हुन् सक्ने मौसमविद् वरूण पौडेलले बताए । पौडेलले आइतबारपछि मौसम सफा हुन सक्ने जानकारी दिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अपिल गरेको छ । सामुद्रीक आँधी डाय अहिले पश्चिमतिर बढिरहेको छ। यसको असर स्वरूप हिजोदेखि भारतमा भारी वर्षा र हावाहुरी चलिरहेको छ ।

Logo