काठमाडौं

नेपालीहरूको महान् चार्ड दशैँमा घर जाने यात्री टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनु परेको छ । "/>

बसपार्कमा टिकट लिन पुगेका सर्वसाधारण रित्तो हात फर्किए

बसपार्कमा टिकट लिन पुगेका सर्वसाधारण रित्तो हात फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालीहरूको महान् चार्ड दशैँमा घर जाने यात्री टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनु परेको छ ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आज देखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनु परेको हो ।

 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकाबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनु परेको जानकारी दिनुभयो । “टिकट लिन आएका १०÷१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”, उहाँले भन्नुभयो ।

 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गते देखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । सोही अनुसार आज देखि खुल्नु पर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

 

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टा भित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गर्नुभएको थियो ।
रासस

Logo