काठमाडौं
राष्ट्रपति विद्यादेवि भण्डारीले लिनुभएको सपथ असंवैधानिक भन्दै परेको रिट माथी सुनुवाई गर्दै सर्वोच्च अदालतले सो रिट खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहीबार सो रिट खारेज गरेको हो ।
न्याय परिषद्को सचिवस्तरीय वैठकबाट वर्खास्ती गरिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ अबैधानिक भन्दै अधिवक्ता हेममणी सुवेदीले सर्वोच्चमा रिट दायर गराउनु भएको थियो । अधिवक्ता सुवेदीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सभामुखको कार्यालय, राष्ट्रियसभाको कार्यालय, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई विपक्षी बनाई निवेदन दर्ता गराउनुभएको थियो ।
२०७४ साउन २१ मै अवकाश प्राप्त अधिकार नै नभएको व्यक्तिले सपथ गराएको विषयले नागरिकहरूको शीर निहुरिने अवस्था आएको भन्दै संविधान विपरीत कार्यबाट राष्ट्रपतिको नियुक्ति र सपथ हुन नसक्ने हुँदा ०७४ फागुन ३० मा राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीशबाट सपथ नलिई पदावधि समाप्त भइसकेको पूर्व प्रधानन्यायाधीशबाट लिनुभएको सपथ संविधान विपरीत भएको अधिबक्ता सुवेदीको निवेदनमा उल्लेख छ ।
प्रधानन्यायाधीशबाट संवैधानिक तवरले सपथ नलिई राष्ट्रपतिको हैसियतले कुनै पनि कार्य नगर्न भन्दै सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (क) बमोजिम अन्तरिम आदेश समेत जारी गर्न निवेदक अधिबक्ता हेममणी सुवेदीले माग गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले गत ०७४ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीवाट सपथ लिनुभएको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया