भक्तपुर


ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि काठमाडौं उपत्यका लगायत भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ । "/>

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव, घण्टौँ लाइनमा सवारी साधनहरु

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव, घण्टौँ लाइनमा सवारी साधनहरु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि काठमाडौं उपत्यका लगायत भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ ।

चालकले बुधबार देखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नु परेको हो ।

चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पले भएको पेट्रोलियम पदार्थ समेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो । विहिबार बिहानै देखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि भने यहाँका अधिकांश पेट्रोलपम्प बन्द भएका छन् ।
रासस

Logo