सिन्धुपाल्चोक । श्रीमान विदेश गएको १७ महिनापछि श्रीमतीको पेटमा ४ महिनाको गर्भ बसेको पाईएको छ । एक छोरा र चार छोरीका बाबु समेत रहेका भोटसीपाका ३५ वर्षीय श्रीमान १७ महिना अघि घरपरिवार श्रीमतीको जिम्मा लगाएर वैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए । "/>

श्रीमान १७ महिना अघि विदेश गए, घरमा श्रीमती ४ महिनाकी गर्भवती

श्रीमान १७ महिना अघि विदेश गए, घरमा श्रीमती ४ महिनाकी गर्भवती

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । श्रीमान विदेश गएको १७ महिनापछि श्रीमतीको पेटमा ४ महिनाको गर्भ बसेको पाईएको छ । एक छोरा र चार छोरीका बाबु समेत रहेका भोटसीपाका ३५ वर्षीय श्रीमान १७ महिना अघि घरपरिवार श्रीमतीको जिम्मा लगाएर वैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए ।

तर घरमा श्रीमती अहिले आएर ४ महिनाकी गर्भवती भएको पत्ता लागेपछि उनी घर न घाटको भएका छन् । ३५ वर्षीया श्रीमतीको केही महिना अघि एकाएक महिनावरी रोकिएको थियो । महिनावारी रोकिएको थाहा पाएपछि मर्न भनेर हिडेकी उनलाई घरपरिवारले घर फर्काएर ल्याएका थिए ।

बैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको ती महिलाले बताएकी छन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाएकी थिईन् ।

देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण उनी यतिबेला समस्यामा परेकी छन् । अवैध सम्बन्धमा रहेका ति देवर भनिएका युवक हाल फरार छन् । यतिबेला उनी शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी छन् ।

कसरी भयो अवैध सम्बन्धः
‘उसको र मेरो घर सँगै हो । श्रीमान विदेश गएपछि उसले मलाई पिछा गर्न थाल्यो । उसले एकोहोरो फकायो । पटक पटक यौन सम्बन्ध राख्दै गयो । मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । एक दुई पटक सम्बन्ध राखेपछि उसले डर धम्की दिन थाल्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो ।’

ति युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो । पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

Logo