काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन् । "/>

आगामी शनिबार प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने

आगामी शनिबार प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित अमेरिका जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जानेछ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आजबाट न्यूयोर्कमा सुरु भएको छ ।

महासभामा उच्चस्तरीय सम्बोधन असोज ९ गतेबाट मात्र शुरु हुने र प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको स्रोतले बताएको छ ।
नागरिकबाट

Logo