काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन् । "/>

मन्त्रालय खाली गरेर मन्त्री देखि कर्मचारी सम्म विदेश भ्रमणमा

मन्त्रालय खाली गरेर मन्त्री देखि कर्मचारी सम्म विदेश भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन् । मन्त्रालयको नेतृत्व गरेका संघीय मामिलामन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन् । मन्त्रालयका ५ सहसचिव मध्ये ३ सहसचिव विदेशमै छन् । बाँकी दुई सहसचिव सुरेश अधिकारी र रूद्रसिंह तामाङले मन्त्रालय चलाएका छन् ।

मन्त्री पण्डित सोमबार पत्नी र स्वकीय सचिव लिएर चीन गएका हुन् । उनी असोज ५ मा फर्कने कार्यक्रम छ । मन्त्री पण्डितका निजी सचिव र स्वकीय सचिव विदेशमै छन् । निजी सचिव मनोज राई मन्त्रीसँगै चीन भ्रमण गएका छन् भने निजी सचिव रमेश अधिकारी जर्मन भ्रमणमा गएका छन् ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री पण्डित चीनको छेन्दु गएका हुन् । उनीसँग मन्त्रालयका सहसचिव केदार पनेरू गएका छन् । यसैगरी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको प्रशासनिक सम्मेलनमा सहभागी हुन मन्त्रालयका अर्का सहसचिव भूपाल बराल गत साता इन्डोनेसिया गएका छन् ।

यस्तै मन्त्रालयका अर्का सहसचिव पुरूषोत्तम नेपाल जर्मनी भ्रमणमा छन् । नगरपालिकाको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन उनी जर्मनी पुगेका हुन् । उनीसँगै मन्त्रालयका उपसचिव विष्णुदत्त गौतम पनि जर्मन पुगेका छन् । सोमबार मात्र मन्त्रालयको एउटा ठूलो टोली चीन भ्रमण गरेर काठमाडौं फर्केको छ । सो टोलीमा उपसचिवद्वय ऋषि आचार्य र भोला गुरागाईं सहभागी थिए । यसैगरी मन्त्रालयका ४ शाखा अधिकृत पनि उपसचिवको टोलीसँगै मंगलबार काठमाडौं फर्केको छ ।
नागरिकबाट

Logo