दाङ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दाङको अदालतमा उपस्थित गराइएको छ । "/>

प्रकाण्डलाई दाङ अदालतमा ८ दिन म्याद थप

प्रकाण्डलाई दाङ अदालतमा ८ दिन म्याद थप

केन्द्रबिन्दु
0
Shares

दाङ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दाङको अदालतमा उपस्थित गराइएको छ । शुक्रबार बेलुका दाङ ल्याइएका विश्वकर्मालाई आइतबार दिउँसो अदालतमा उपस्थित गराएर आठ दिनको म्याद थप गरिएको छ ।

भदौ २० देखि २७ गतेसम्म म्याद थप गरिएको अदालतका स्रेस्तेदार गम्भीर रानाले बताए । थप गरिएको म्याद मध्ये अब तीन दिन मात्रै बाँकी छ । अदालत परिसरमै पत्रकारसँग सङ्क्षिप्त कुरा राख्दै विश्वकर्माले सरकारले राजनीतिक पूर्वाग्रह लिएर झुठो मुद्दाको खेती गरिरहेको बताए ।

म्याद थपपछि उनलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ । गत मङ्सिरमा तुलसीपुरमा भएको बम काण्डमा उनी मुछिएको आरोप छ ।

प्रदेश र सङ्घको निर्वाचनका क्रममा मङ्सिर १२ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सहभागी निर्वाचनसभालाई लक्षित गरी बम विष्फोट भएको थियो । सभास्थलबाट ५०० मिटरको दूरीमा भएको विष्फोटमा २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो ।
रासस

Logo