महेन्द्रनगर
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई काठमाडौंबाट महेन्द्रनगर फिर्ता ल्याएर थुनामा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप गरेको छ । विष्टलाई स्वास्थ्य परीक्षण पश्चात महेन्द्रनगर ल्याइएपछि आइतबार थप चार दिन म्याद थप गरिएको हो ।
२२ गते देखि लागु हुने गरी अदालतले ४ दिन म्याद थप गरेको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतका न्यायाधीस डा. राजेन्द्रकुमार आचार्यको इजलासले ४ दिन थप थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।
अनुसन्धानकै क्रममा विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित शिक्षण अस्पताल र पाटन अस्पतालमा विष्टको स्वास्थ्य परीक्षण गरेपछि शुक्रबार महेन्द्रनगर ल्याइएको हो । १० दिन स्वास्थ्य परीक्षण गरेपछि उनलाई शुक्रबार साँझ महेन्द्रनगर ल्याइएको हो । प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाका अनुसार थप अनुसन्धान आवश्यक देखिएपछि अदालतबाट म्याद थप गरिएको बताए ।
विष्टको डीएनए परीक्षण र अन्य फरेन्सीक चेकजाँचको रिपोर्ट भने आइसकेको छैन् । ‘विष्टको स्वास्थ्य परीक्षण भइसकेपछि महेन्द्रनगर ल्याइएको छ’, प्रवक्ता ओझाले भने । उनले अनुसन्धानकै क्रममा भएकाले स्वास्थ्य परीक्षणको रिपोर्ट बताउन नमिल्ने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया