काठमाडौं

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते ( २८ जुन २०१९) देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिएको छ । "/>

भैरहवा विमानस्थलबाट आगामी असार देखि अन्तर्राष्ट्रिय उडान हुने

भैरहवा विमानस्थलबाट आगामी असार देखि अन्तर्राष्ट्रिय उडान हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते ( २८ जुन २०१९) देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिएको छ । हाल यो विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय उडानका लागि योग्य बनाउने काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमास्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न धानवमार्ग तयार भएको र टर्मिनल भवन निर्माण भइरहेको जानकारी दिएको छ ।

विमानस्थलका लागि आवश्यक प्राविधिक उपकरण जडानका निम्ति दुई साता भित्रै प्रस्ताव आह्वानको तयारी गरिएको छ । प्राविधिक उपकरण ६ महिना भित्रै जडान गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई तीन महिनाको समय दिएर सूचना जारी गदैं विमानस्थल सञ्चालन गर्ने गरी तयारी भएको प्राधिकरणले जानकारी दिएको छ ।

एसियाली विकास बैंक (एडीबी) को करिब साढे ६ अर्ब रुपैयाँ ऋणमा दक्षिण एसिया पूर्वाधार विकास आयोजनाले विमानस्थल निर्माण गरिरहेको छ । यो विमास्थलको भौतिक संचरनासँगै आवश्यक प्राविधिक उपकरण पनि जडान गर्न उपयुक्त कम्पनी मार्फत प्रस्ताव आह्वान तयारी भइसकेको छ । यो विमानस्थबाट असार १३ देखि अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी तयारी भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘प्राधिकरणले एडीबीकोे ऋण सहयोगमा धानमार्गसहितको टर्मिनल भवनको निर्माण गरिरहेको छ ।

प्राधिकरणले एक अर्ब रुपैयाँको प्राविधिक उपकरण राख्ने र ८० करोडमा कार्गो भवन बनाउने काम पनि अगाडि सारिसकेको छ । विमानस्थलका लागि आवश्यक भौतिक संरचना तयार हुँदै गइरहेकाले अगामी असारबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिने बुझाइ श्रेष्ठको छ ।
अन्नपूर्णबाट

Logo