नुवाकोट
जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव हिजो काठमाडौँ पठाइएको छ । "/>

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको शव राजधानीमा

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको शव राजधानीमा

केन्द्रबिन्दु
0
Shares

नुवाकोट
जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव हिजो काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा एक विदेशी नागरिक सहित ६ जनाको मृत्यु भएको थियो । शनिबार बिहान ८ बजे टावरबाट सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा उद्धारका लागि गएको टोली नै २ बजे मात्रै पुग्न सकेको थियो । दुर्घटनास्थलमा जीवितै भेटिएकी गोरखा चुमनुब्री गाउँपालिका–२ की आनी डोल्मा डिकीलाई उद्धार गरी काठमाडौँ पठाइएपछि शव खोज्ने र उद्धार गर्ने काम शुरु भएको थियो ।

दुर्घटनास्थल अत्यन्त विकट स्थानमा भएकाले उद्धारमा कठिनाइ भएको थियो । सडकदेखि पैदल तीन घण्टा भन्दा टाढाको जङ्गलको भिरमा दुर्घटना भएकाले रातभरि शव ल्याउन प्रहरी खटिएको नुवाकोटका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बताए ।

प्रतिकूल मौसमका कारण घटनास्थल नजिक हेलिकप्टर लैजान समस्या भएपछि त्रिशूलीसम्म ट्रकमा शव ल्याएर हेलिकप्टरमा काठमाडौँ पठाइएको हो । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर शनिबार बिहान ८ बजे नुवाकोटको म्यागङ गाउँपालिका–१ मैलुङ पाखाको भिरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा चालक निश्चल केसी सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जापानी नागरिकसमेत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख कुँवरका अनुसार मृत्यु हुनेमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनील तामाङ र चालक निश्चल केसी रहेका छन् ।

प्रतिकूल मौसमका कारण उद्धारका लागि राजधानीबाट गएको हेलिकप्टर समेत बस्न नसकेपछि उद्धारमा ढिलाइ भएको थियो । दुर्घटनास्थलबाट हेलिकप्टर राख्न मिल्ने स्थान तीन घण्टाको पैदल दूरीमा भएकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।
रासस

Logo