भरतपुर महानगरपालिका–६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपानेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जगतपुरबाट गीतानगर तर्फ जाँदै गरेको ना ५० प ३३११ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुरतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको हो । सामान्य घाइते भएका चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया