सिनामंगलको सकुम्बासी बस्तीमा आगो लागेको छ । दिउँसो १ बजे बस्तीमा रहेको एक घरको पुजाकोठाबाट आगो सल्किएको महानगरीय प्रहरी वृत्त गौशलाले जानकारी दिएको छ । पूजा कोठामा बलिरहेको धूपबाट आगो फैलिएको हो । स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा आगो अहिले नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति नभएको पुष्टि भएको छ । अन्य क्षतिको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया