बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । ६ को शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।हिजो गणेश कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको जानकारी प्राप्त भएको छ । ३२ वर्षीय रवी खनालको भने आइतबार दिउँसो शव फेला परेको हो ।
घटनापछि उद्धार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबार उपचारको क्रममा निधन भएको थियो । बेपत्ता सबैको शव भेटिएको कांंँस्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
सपना खनाल र निशा पौडेलको भने उद्दार गरिएको छ । सपनाले श्रीमान र छोरा गुमाएकी छन् भने निशाको छोराको मृत्यु भएको छ । डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् भने डुंगा पनि चुहिनो थियो । लाइफ ज्यागेट नलगाएकै कारण उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।
बेगनासमा व्यावसायिक डुंगामा लाइफ ज्याकेट अनिवार्य छ तर घरायासी प्रयोगमा रहेका डुंगामा सवारले लाइफ ज्याकेट नलगाउँदा दुखद् घटना घटेको प्रहरी श्रोतले बताएको छ ।हरितालिका तीज नजिकिँदै गर्दा भएको दुर्घटनापछि सिंगो बेगनास गाउँ अहिले शोकमा डुबेको छ ।































प्रतिक्रिया