पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– महत

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् ।पुरानो ढाँचाबाट नभई, आधुनिक र वैज्ञानिक पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिएका छन् । जनता अहिले पनि काँग्रेसको साथमा रहेको र पुरानो पद्धतिबाट चुनाव जितिन्छ भन्ने सोच नै हारको मुख्य कारण बनेको उनले बताएका छन् ।

सहमहामन्त्री डा महतले भने, “आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर हामी चुक्यौँ ।” अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गर्दै उनले अहिले सरकार सञ्चालनकर्तामा दम्भ हाबी हँुदै गएको आरोप पनि लगाएका छन् ।

Logo