प्रकाण्ड भन्छन्, ‘जेलमा राम्रो व्यवहार भएन’

प्रकाण्ड भन्छन्, ‘जेलमा राम्रो व्यवहार भएन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हिरासतमा आफूलाई राम्रो व्यवहार नगरिएको बताएका छन् ।

मानवअधिकार सञ्जालसँगको भेटमा विश्वकर्माले आफूमाथि जेल प्रकाशनले तल्लो स्तरको व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले राज्यले गैरन्यायिक तरिकाले आफूमाथि मुद्धा चलाइरहेको बताए ।

हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिँदै उनले राज्यले आफूमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको दाबी गरे । अदालतले पटकपटक रिहा गर्न आदेश दिँदा दिँदै पनि बारम्बार प्रकाण्डलाई पक्राउ गर्दा राज्यले आफ्ना नागरिकप्रति प्रत्याभुत गर्नुपर्ने मानवअधिकारको सम्मान नगरेको सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले बताए ।

निर्वाचनका क्रममा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको मुद्धा चलाएर शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याइएको हो । अदालतले विश्वकर्मालाई रिहाई गर्न पटकपटक आदेश दिएतापनि प्रहरीले पाँचौ पटक उनलाई गिरफतार गरि दाङबाट मुद्धा चलाएको छ ।

Logo