फर्कंदै प्रचण्ड

फर्कंदै प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भ्रमण छोट्याएर काठमाडौं फर्किंदैछन् ।

दाहाल दिउँसो २ बजे काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनी तीन दिनअघि औपचारिक भारत भ्रमणका लागि गएका थिए ।

पार्टीको सचिवालय र स्थायी कमिटीको बैठक बोलाइएका कारण दाहालले भ्रमण छोट्याएको श्रेष्ठले बताए । दाहाल २६ गतेमात्रै फर्कने कार्यक्रम थियो ।
भारतमा रहँदा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेट गरेका थिए ।

 

Logo