वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजाल र ओम अस्पताल पर्यायवाची जस्तै बन्न थालेका थिए । ओम अस्पताल भन्नासाथ डा भोला रिजाल जोडिन्थ्यो भने डा भोला रिजाल भन्नासाथ ओम अस्पताल जोडिन्थ्यो ।
तर अहिले डा रिजाल ओम अस्पतालबाट अलग भएका छन् । स्थापना कालदेखि नै ओम अस्पतालमा रहेका डा. रिजालले एकसाता अगाडि राजीनामा दिएका थिए । उनले अब नियमित स्वास्थ्य सेवा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलबाट मात्रै दिने भएका छन्। आगामी सोमबारदेखि हप्ताको ६ दिन रिजालले त्यहाँबाट नियमित रुपमा सेवा दिने बताए । नेपाल मेडिकल कलेज जोरपाटीमा रिजालले दिउसो १ देखि ४ बजेसम्म बिरामी हेर्ने तालिका बनाइएको छ ।
डा. रिजाल एनएमसीका अध्यक्ष समेत हुन् ।
चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि (ओम अस्पताल) को सञ्चालक समितिको बैठकले अस्पतालका सञ्चालकमा चलचित्र निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेललाई अध्यक्ष पदमा चयन गरेको थियो । पौडेल स्थापनाकालदेखि सञ्चालक समितिमा थिए ।































प्रतिक्रिया