प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेको उजुरीहरु आज खोलिएका छन् । संसदीय सुनवाई समितिमा मिश्रबिरुद्ध ४ वटा उजुरी परेको भएता पनि एउटा उजुरी फिर्ता भएको थियो । "/>

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध परेको प्रमुख ३ उजुरी

प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध परेको प्रमुख ३ उजुरी

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेको उजुरीहरु आज खोलिएका छन् । संसदीय सुनवाई समितिमा मिश्रबिरुद्ध ४ वटा उजुरी परेको भएता पनि एउटा उजुरी फिर्ता भएको थियो ।

आज खोलिएको उजुरीहरुमा बलात्कारीलाई कमजोर सजाय तोकिएको, हाडीगाउँको गुठीको जग्गा व्यक्तिको नाममा पारेको र एनसेलको कर प्रकरणमा राजस्व छली गरेको रहेका छन् । हाँडीगाउँमा २ अर्ब बजार मूल्यको ३६ रोपनी ६ आना जग्गा नक्कली मोहीको नाममा दर्ता गर्न आदेश दिएको उजुरीसमेत छ।

त्यस्तै पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको उजुरी पनि परेको छ । नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको लगायतका उजुरी पनि छन् । त्यस्तै, सूर्य नेपालको कर छलीमा समेत सहयोग पुर्‍याएको आरोप लगाइएको छ  । मिश्रको प्रमाणपत्र भारतीय भएकाले उनको माइग्रेसन र पढाइको समकक्षतामा समेत प्रश्न उठाएका छन् । 

यी उजुरीहरुका बिस्तृत तथ्यहरुलाई गोप्य राखिएका छन् । यस बारे संसदीय समितिका सदस्यहरुले थप अध्ययन गर्नेछन । मिश्रको संसदीय सुनुवाई असोज २५ गते हुनेछ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि मिश्रलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।

संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेका थिए । मिश्रले ६५ वर्षे उमेर हदका कारण आउँदो पुस १७ मै अवकाश पाउदै छन् । ०३८ सालमा कानुन मन्त्रालयमा शाखा अधिकृतका रूपमा जागिर सुरु गरेका मिश्रले कानुनमा स्नातकोत्तर गरेका छन् ।

मिश्रपछि वरिष्ठताका आधारमा चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशको रोलक्रममा छन् ।

Skip This
Skip This
Logo