नेपाल एयरलाइन्सको ३२० ए के डब्लु एयरबसमा बिहिबार चरा ठोक्किएको छ । मलेसियाबाट काठमाडौं आएको जहाजमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको हो ।
जहाजको पखेटामा सामान्य क्षति पुगेको छ । जहाजको मर्मत गर्न एयरबस कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले उडान भर्न २ दिन लाग्न सक्ने जनाएको छ ।





























प्रतिक्रिया