नेपाल र चीनबीच २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलले अन्तिम रुप पाएको छ । भदौ १९ देखि २१ गतेसम्म काठमाडौँमा बसेको नेपाल र चीनको उच्चस्तरीय बैठकले बिहिबार राती ऐतिहासिक सहमति जुटाउदै प्रोटोकललाई अन्तिम रुप दिएको हो । "/>

मध्यरातमा चीनसँग ऐतिहासिक सहमति, भारतको एकाधिकार तोडियो

मध्यरातमा चीनसँग ऐतिहासिक सहमति, भारतको एकाधिकार तोडियो

केन्द्रबिन्दु
0
Shares

नेपाल र चीनबीच २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलले अन्तिम रुप पाएको छ । भदौ १९ देखि २१ गतेसम्म काठमाडौँमा बसेको नेपाल र चीनको उच्चस्तरीय बैठकले बिहिबार राती ऐतिहासिक सहमति जुटाउदै प्रोटोकललाई अन्तिम रुप दिएको हो ।

सहमती अनुसार नेपालले अब चीनका चार वटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गरि तेस्रो देशसँग व्यापार गर्न सक्ने छन् । अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थेन्जिन, सेन्जेन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्झोउ, ल्हासा र सिगात्से प्रयोग गर्न पाउने छ।

बैठकबाट नेपाल आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विभिन्न विषयहरूमा छलफल भई प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिइएको छ ।

बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले गरेका थिए भने चीनको तर्फबाट चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले बैठकको नेतृत्व गरेका थिए । बैठकमा पराराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालय, व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको पनि सहभागी भएका थिए ।

प्रोटोकल टुंग्याउन यसअघि २ वटा बैठक चीनमा भैसकेका थिए । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने गएको जुनमा दोस्रो बैठक पनि चीनमै भएको थियो ।

बिहीबारको सहमतीसँगै नेपालले तेस्रो देशसँग व्यापार गर्न भारतका सामुद्रिक बन्दरगाहमा मात्रै प्रयोग गर्नुपर्ने अबस्थाको अन्त्य भएको छ ।

Logo