कैलाली

गोदावरी नगरपालिका–८ जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन् । "/>

अस्पतालमा छोरी, घर पुग्दा छोरा !

अस्पतालमा छोरी, घर पुग्दा छोरा !

केन्द्रबिन्दु
0
Shares

कैलाली

गोदावरी नगरपालिका–८ जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन् । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियूमा भर्ना गरे । आमा प्रसूतिगृहमै भर्ना भइन् भने छोरीलाई अलग्गै भवनमा राखियो ।

बेलुकी एसएनसियूबाट छोरीलाई दूध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । कालीले दूध खुवाइन् । डिस्चार्ज भएपछि घर लागिन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै ‘डाइपर’ निकाल्दा खाती दम्पती छक्क परे ।

अस्पतालमा शिशुलाई आमाको दूध खुवाउने बेला नर्सहरूले खाती दम्पतीकी छोरीलाई त्यहीं राखेर अर्को शिशु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियूमा राखिएको डडेलधुराको जोगबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए ।

‘अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो,’ कालीका पति मेघराज खातीले भने । घर पुगिसकेका खाती दम्पतीलाई अस्पतालबाटै एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने । अस्पताल पुगेका उनीहरूको हातबाट शिशु (छोरा) थुतेर अर्को शिशु (छोरी) थमाइयो ।

सञ्चो भइसकेको आफ्नो छोरा लिएर भावना बोहरा डडेलधुरा लागिन् । खाती दम्पतीकी नवजात शिशु बिरामी भएको भन्दै चिकित्सकले अस्पतालमै राखे । एसएनसियूमा चिकित्सक बाहेक अन्य प्रवेश गर्न पाइँदैन । उपचारमा संलग्न चिकित्सकले शिशु दिएकै कारण घर लगेको मेघराजले बताए । उनले भने, ‘एसएनसियूबाट एक स्वास्थ्यकर्मीले तपाईंको बच्चा ठिक भइहाल्यो, घर लैजानुस् भनेर दिइन्, हामी बच्चा बोकेर घर गयौं ।’
नागरिकबाट

Logo