काठमाडौं
अमेरिकी डलरको भाउ वढ्नेक्रम निरन्तर छ । आज १ अमेरिकी डलरको नेपाली मुल्य १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।
केहि दिन यता डलरको भाउ वढ्ने क्रम निरन्तर रहँदा गत शनिबार १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ ।





























प्रतिक्रिया