काठमाडौं
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ असोजको पहिलो साता बजारमा आउने भएको छ । बुकहिल पब्लिकेशनले मंगलवार राजधानीमा आयोजित कार्यक्रममा पुस्तकको पहिलो लुकसँगै विमोचन तिथी तोकेको हो ।
पब्लिकेशन्सका अध्यक्ष भूपेन्द्र खड्काले असोजको पहिलो साता न्याय बजारमा उपलब्ध हुने जानकारी दिए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुनुको नाताले अरुलाई प्रेरणा दिन पुस्तक लेखेको बताईन् ।
आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई पुस्तकमा उतारेको उनको भनाई थियो । ‘३० वर्ष मैले गरेको वकालत र ८ वर्ष न्यायालयमा बिताएको समयको हरहिसाब पुस्तकका समेटेको छु ।’ उनले भनिन् ।
लोकमानसिंह कार्कीको मुद्दा देखि फास्ट ट्रयाक घोटाला गरी १० वटा मुद्दा पुस्तकमा अटाइएको छ । आफूले न्यायालयमा बिताएका समयको फेहरिस्त मात्रै नभएर आफ्नो जीवनको रंगहरुको संगालो भएको उनको भनाई थियो ।
राजधानीबाट





























प्रतिक्रिया