काठमाडौं
अति दुर्लभ वन्यजन्तु पाँचवटा रेडपाण्डा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलखुम्बुका सुक्र राई र पवन श्रेष्ठलाई टुकुचाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राजधानीको चाबहिलबाट टुकुचातर्फ लाँदै गरेको अवस्थामा सोलुखुम्बु निवासी दुई जनाबाट प्रहरीले पाँचवटा रेडपान्डा बरामद गरेको हो ।
उनीहरुले अवैध रुपमा विक्रीका लागि रेड पाण्डा बोकेर हिंडेको अवस्थामा प्रहरीले सोमबार साँझ ती रेडपान्डा फेला पारेको हो । महानगरीय प्रहरी दरबारमार्ग प्रहरीले उनीहरुलाई पक्राउ गरेर कार्यालय पुर्याउँदा पाँचवटै रेडपाण्डाको मृत्यु भइसकेको जानकारी वृत्त प्रमुख डिएसपी दानबहादुर मल्लले दिए । उनीहरुलाई थप कारबाहीको लागि प्रहरीले जिल्ला वन कार्यालय हात्तिसार चलान गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लका अनुसार गम्भीर अवस्थामा जीवितै समातिएका ती रेडपान्डा मरिसकेका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया