चितवन । एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । "/>

ग्याँस बुलेट त्रिशूलीमा खस्यो

ग्याँस बुलेट त्रिशूलीमा खस्यो

केन्द्रबिन्दु
0
Shares

चितवन । एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो ।

चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कण्टेनर नदीले बगाएर जुगेडी ल्याई पुर्‍याएको जनाइएको छ । प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ । रासस

Skip This
Skip This
Logo