धनुषामा गोली प्रहार, १ जना गम्भीर घाइते

धनुषामा गोली प्रहार, १ जना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

धनुषामा अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा गम्भीर घाइते भएका हुन् ।

जनकपुर-ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका- ७ मा उनलाई गोली प्रहार भएको थियो । ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकलनै आएका दुई जनाले गोली हानि फरार भएको प्रहरीले जनाएको छ ।

शर्माको पेटमा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं ल्याईदै छ ।

Logo