काठमाडौँ

०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । "/>

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच गरेको पुष्टि

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच गरेको पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको प्रमाणसमेत सतर्कता केन्द्रले फेला पार्‍यो ।

सतर्कता केन्द्रको छानबिन प्रतिवेदन अनुसार ०७२ चैतकै परीक्षामा गणितकै अर्का शिक्षक रामविश्वास साहले आफ्नै सहोदर छोरी–ज्वाइँ अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गरे । त्रिविको कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ६८ मा त्रिविका शिक्षक–प्राध्यापक, कर्मचारी वा विश्वविद्यालय र विश्वविद्यालय सेवा आयोगसँग सम्बन्धित कुनै व्यक्तिले नाता पर्ने व्यक्तिका बारेमा निर्णय लिन नहुने व्यवस्था छ । तर उनले अन्य परीक्षार्थीसँग समेत पास बनाइदिन पैसाको मोलमोलाई गरेको उजुरी परीक्षार्थीले सतर्कता केन्द्रमा दिएका थिए ।

उजुरीको उल्लेखित विषयको सन्दर्भमा गणित विषयको उत्तरपुस्तिका परीक्षक चेतराज भट्टले दिएको लिखित जानकारी, त्रिवि सेवा आयोगले छानविन समितिलाई दिएको लिखित जवाफ, निजले परीक्षार्थीलाई दिएको हस्तलिखित उत्तर आदि हेर्दा त्रिवि सेवा आयोगले निजलाई प्रश्नपत्र निर्माण विज्ञ तथा उत्तरपुस्तिका जाँच गर्ने विज्ञको रुपमा विशेषज्ञको रोष्टरमा राखेको देखिन्छ । यसरी एउटै व्यक्तिलाई प्रश्नपत्र निर्माण विज्ञ र उत्तरपुस्तिका जाँच गर्ने विज्ञको रुपमा नियुक्ति गर्नु उपयुक्त हुन्छ वा हुँदैन ? त्यसैगरी निज प्रश्नपत्र निर्माण विज्ञ र जाँचकी हुँदाहुँदै सम्भावित प्रश्नपत्रको हल गरी विभिन्न व्यक्तिहरुलाई दिएको स्वयं स्वीकार गरेको अवस्था र प्राय सेवा आयोगले सोधेका प्रश्नसँग मेल खानु संयोग मात्र नभई अनियमितता हुन सक्ने अवस्था देखिन्छ ।

गणित दोस्रो खण्डका जाँचकी रामविश्वास शाहले आफ्नो सहोदर छोरी ज्वाईँ अमरनाथ शाहको उत्तरपुस्तिका जाँच गरेको भन्ने लिखित रुपमै समितिलाई जानकारी गराएको र सो सम्बन्धमा त्रिवि सेवा आयोगले कापी जाँच गर्ने सिंहलाई पत्र दिँदा उल्लेखित पदको परीक्षामा आफ्नो नातागोता कोही भएमा वा अन्य कुनै कारणले असमर्थ भएमा सो को जानकारी यथाशिघ्र दिन भनि उल्लेख गरिदिने भन्ने व्यवस्था विपरित निजले आफ्नो छोरी ज्वाईँ परिक्षार्थी रहेको कुनै सूचना नदिइ उत्तरपुस्तिका जाँच गरेको देखिन्छ । त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धि नियम २०५० को नियम ६८ (आचार सम्बन्धि व्यवस्थामा) ले यो कार्य गर्न नहुने भनेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo