रौतहट

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दशैँ, तिहार र छठ पर्व भन्दा पहिले नै उखु किसानले पाउन बाँकी २७ करोड रुपैयाँ भुक्तानी दिन श्रीराम सुगर मिल्सलाई निर्देशन दिएका छन् । "/>

उखु किसानकोे २७ करोड रुपैयाँ दसैं अघि नै भुक्तानी दिन निर्देशन

उखु किसानकोे २७ करोड रुपैयाँ दसैं अघि नै भुक्तानी दिन निर्देशन

केन्द्रबिन्दु
0
Shares

रौतहट

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दशैँ, तिहार र छठ पर्व भन्दा पहिले नै उखु किसानले पाउन बाँकी २७ करोड रुपैयाँ भुक्तानी दिन श्रीराम सुगर मिल्सलाई निर्देशन दिएका छन् ।

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले गत आर्थिक वर्षमा किनेको उखुको मुल्य १५ करोड र त्यसभन्दा अघिल्लो वर्षकोे १२ करोड रुपैयाँ भुक्तानी दिन निर्देशन दिएका हुन् । उद्योगको स्थलगत अनुगमन निरीक्षणका क्रममा उद्योगका महाप्रबन्धक पिके झालाई यस्तो निर्देशन दिएका हुन् । महाप्रबन्धक झाले किसानहरुको बाँकी रकम भुक्तानीको लागि प्रयास भइरहेको र यो वर्ष उखु क्रसिङ हुने समय भन्दा पहिले बाँकी बक्यौता सम्पूर्ण भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् ।

गत वर्ष उद्योगमा उखुको अनुपातमा चिनी निकै कम आएको थियो । सामान्यरुपमा एक क्वीन्टल उखुमा नौ किलो चिनी उत्पादन हुनुपर्नेमा गत वर्षको क्रसिङमा निकै कम चिनी परेकोले उद्योगलाई १० करोड रूपैयाँ घाटा लागे पछि भुक्तानीमा समस्या थपिएको महाप्रबन्धक झाको भनाइ छ । तर यस वर्ष रिकभरिसँग सम्बन्धित सबै पाटपूर्जाहरु फेरिइसकेकोले चिनीको उत्पादन राम्रो हुने बताउँदै झाले किसानको बक्यौता तिरेर उद्योगलाई राम्रोसँग संचालन गर्ने बताएका थिए ।

प्रजिअ रिजालको निरीक्षण टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, कर कार्यालय , आन्तरिक राजस्व कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय लगायतका प्रमुखको सभागिता थियो । निरीक्षण टोलीले उद्योगको गोदामको पनि निरीक्षण गरेको थियो । गोदाममा अझै पनि करिब ७ करोड रुपैयाँ मूल्य बराबरको चिनी बाँकी रहेको देखिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo