संघीय संसदले सोमबार देखि मन्त्रीसंगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ । प्रतिनिधिसभा संचालन नियमावलिको परिच्छेद ८ ले गरेको व्यवस्थाअनुसार सोमबार देखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो । "/>

प्रतिनिधिसभामा मन्त्रीसँग प्रश्नोत्तर सुरु ( भिडियोसहित)

प्रतिनिधिसभामा मन्त्रीसँग प्रश्नोत्तर सुरु ( भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

संघीय संसदले सोमबार देखि मन्त्रीसंगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ । प्रतिनिधिसभा संचालन नियमावलिको परिच्छेद ८ ले गरेको व्यवस्थाअनुसार सोमबार देखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो ।

नियमावलिको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमाप्रश्नोत्तरको व्यवस्थाको कार्यान्वनय भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय अन्र्तगतका विषयमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलसंग मौखिकप्रश्न सोधेका थिए ।

सांसद संञ्जय कुमार गौतमले बजेट बक्तव्यको बुँदानम्बर ४९ मा आर्थिक रुपमा बिपन्न समुदाय तथा लक्षितवर्गका विद्यार्थीहरुलाई उच्च, प्राविधिक तथा व्यवसायिक अध्ययनकालागि ५ प्रतिशत व्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने भनिएको र सो को कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिले सम्म मिलाउँछ ? भनि प्रश्न गर्नुभएको थियो ।

Logo