काठमाडौं

परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सके सम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । "/>

अब देखि सरकारले बेरोजगारलाई काम दिन नसके भत्ता दिने

अब देखि सरकारले बेरोजगारलाई काम दिन नसके भत्ता दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सके सम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । जागिर नभएकालाई सरकारले क्षमता अनुसार काम र नसकेमा बेरोजगार भत्ता दिनु पर्नेछ । संविधानको मौलिक हकमा राखिएको रोजगारीको हक सम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाहभत्ता दिने व्यवस्था गरिएको हो । तर कसैले पनि झुठो विवरण पेश गरेर बेरोजगार भत्ता लिन भने पाइने छैन ।

कुनै पनि व्यक्ति बेरोजगार बस्नु परेमा रोजगार सेवा केन्द्रमा नाम लेखाउनु पर्नेछ । सूचीकृत भएका बेरोजगार व्यक्तिलाई सके सम्म काम नसके पनि मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको सय दिन बराबर रकमको ५० प्रतिशत रकम दिने गरी विधेयक मस्यौदामा व्यवस्था गरिएको छ । विधेयक संसदमा दर्ता भएर छलफलको क्रममा रहेको छ । सांसदबीच छलफल हुँदै गरेको विधेयकमा एक परिवारमा कोही पनि जागिरे नभएमा निर्वाह भत्ता दिनेगरी व्यवस्था गरिएको हो ।

कुनै व्यक्ति बेरोजगार हो वा होइन भन्ने सम्बन्धमा प्रश्न उठेमा सम्बन्धित गाउँपालिका, नगरपालिकाले निर्णय गर्नेछ । न्यूनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगार बसेको व्यक्तिले आफ्नो सीप, योग्यता, क्षमता उल्लेख गरी गाउँपालिका, नगरपालिकामा रहेको सम्बन्धित रोजगार सेवा केन्द्रमा आफ्नो विवरण सहित निवेदन दिन सक्नेछ ।

संविधानको धारा ३३ मा कुनै पनि नेपालीको रोजगारीको हक सुनिश्चित गरेको छ । देशको सामाजिक, आर्थिक विकासको साधनको रुपमा रहेको श्रम शक्तिलाई दक्ष, व्यवसायिक बनाई क्षमता अनुसार स्वदेशमै काम गर्ने अवसर दिनेगरी व्यवस्था छ ।
नागरिकबाट

Logo