काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायम राख्दै संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषदमा लगेको छ ।
विभागीयमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषदमा लगेको बताए । मस्यौदामा कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायमै राखिएको पनि उनले जनाए । उनले भने, ‘मस्यौदमा राखिएका सबै विषयमा मन्त्रिपरिषदमा गम्भीर छलफल हुन्छ ।’
कर्मचारीको अवकाश उमेर सीमा ५८ राख्ने कि ६० राख्ने भन्नेबारे फरकफरक धारणा आएको बेला संघीयले कर्मचारीको अवकाश उमेर सिमा ५८ कायम राखी मन्त्रिपरिषदमा मस्यौदा पठाएको हो । यसअघि अर्थले संघीयलाई पठाएको रायमा कर्मचारीको अवकाश उमेर सिमा ६० वर्ष राख्न सुझाव दिएको छ । यस विषयमा कानुनले संघीयलाई पठाएको रायमा भने कर्मचारीको अवकाश उमेरको सीमा ५८ राख्ने कि ६० राख्ने केही उल्लेख गरिएको छैन ।
स्रोतका अनुसार कर्मचारीहरूको विरोध हुँदा हुँदै पनि मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको मस्यौदमा कर्मचारीको एउटै संगठन राख्ने प्रावधान भने कायमै राखेको छ । ट्रेड युनियनको विषयमा हाल कार्यान्वयनमा रहेको प्रावधान नहटाउन कर्मचारी नेताहरूले मन्त्रालयलाई दबाब दिइरहेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया