काठमाडौं

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसकिने बताएकी छिन् । "/>

नेपालले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसक्ने उपसभामुखद्वारा स्पष्ट

नेपालले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसक्ने उपसभामुखद्वारा स्पष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसकिने बताएकी छिन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले मृत्युदण्डको कानुन अहिलेकै अवस्थामा बनाउन नसकिने स्पष्ट पारेकी हुन् ।

‘नेपालले जस्तोसुकै अवस्थामा पनि नागरिकले बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र अभिसन्धीमा हस्ताक्षर गरेको छ,’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘नेपाल त्यस सम्झौतामा भएकाले त्यस्तो कानुन बनाउन सकिँदैन ।’

उपसभामुखले संघीय संसदले महिला हिंसाका बारेमा कठोर कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाइन् । ‘जन्मकैद जस्ता कठोर व्यवस्था भएको कानुन बनाउन सकिन्छ,’ उनले भनिन् ।नेपाली महिलाले कला, संस्कृतिको संरक्षण गरिरहेको कामको उल्लेख गर्दा विभेदकारी संस्कृतिलाई परिमार्जन गर्दै लैजानु पर्नेमा उनले जोड दिएकी थिइन् ।
नयाँ पत्रिकाबाट

Logo