काठमाडौं

मुलुकी अपराध संहिता संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आज (आइतबार) देखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने घोषणा गरेको छ । "/>

चिकित्सक संघले आज देखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने

चिकित्सक संघले आज देखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुलुकी अपराध संहिता संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आज (आइतबार) देखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने घोषणा गरेको छ ।

भदौ १ गते देखि लागू भएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकोले आकस्मिक बाहेकका सेवा सम्म बन्द गर्ने गरी विरोधमा उत्रिएको संघले जनाएको छ ।

संघले आज देशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाबन्द गर्ने निर्णय गरेको छ भने सोमबार मुलुकभरीको स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, मंगलबार देखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने निर्णय गरेको छ ।

त्यसैगरि बुधबार देखि आकस्मिक सेवा बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबार देखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने र शुक्रबार देखि आकस्मिक वाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने निर्णय चिकित्सक संघले गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo