काठमाडौं

नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । "/>

२१ यात्री सवार यति एयरको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनामा

२१ यात्री सवार यति एयरको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज चिप्लिएर धावन मार्ग भन्दा बाहिर पुगेको छ ।

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएचडब्लु विमान शनिबार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेम ठाकुरका अनुसार शनिबार राति साँढे आठ बजेको समयमा जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । तर जहाजमा सवार यात्रु भने सकुशल रहेका ठाकुरले बताएका छन् ।

यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए । यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने जनाएको छ ।

यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् । जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo