काभ्रे
जिल्लाको मण्डनदेउपुर नपा १० चण्डेनीमण्डन स्थित चिनेसेराका पहिरो पीडितलाई ललितपुरको भनिमण्डलमा रहेको एनसि आरएस नेपाल संस्थाको पहलमा राहत वितरण गरिएको छ ।
मण्डनदेउपुर नगरपालिका १० का वडाध्यक्ष विष्णुमणि नेपालले दिएको जानकारी अनुसार पीडित २५ घरपरिवारलाई प्रतिपरिवार एक / एक बोरा चामल, ५ केजी दाल, २ लिटर तेल, नुन लगायतका सामान वितरण गरिएको छ । साथै २/२ वटा म्याट्रस , कम्मल र थाल, बाल्टी लगायतका सामान पनि वितरण गरिएको छ ।

सडक असुविधाका बाबजुत पनि सम्बन्धित परिवारलाई गाउँमै लगेर सामान वितरण गरिएको वडाध्यक्ष नेपालले बताए । गएको साउन २२ गतेको अविरल वर्षासँगै आएको पहिरोले यसभेगका ६९ परिवार पीडित भएका छन् भने एक डेढ वर्षिय बालकको मृत्यु पनि भएको थियो । पीडितहरु अहिले पनि सार्वजनिक भवन र स्कुलहरुमा आश्रय लिइरहेका छन् ।
उनीहरुलाई स्थायी बसोबासका लागि पहल भइरहेको बताइएको छ । पीडित परिवारले यस अघि जिल्ला दैवी प्रकोप उद्धार समितीबाट क्षति हेरेर प्रतिपरिवार १० हजार र ५ हजारका दरले राहत पनि पाएका छन् । अन्य सहयोग पनि आउने क्रममै रहेको स्थानिय कुमार तामाङले जानकारी दिए । केहि दिन अघि रोटरी इन्टरनेशनलले पनि यहाँ राहत वितरण गरेको थियो ।
तस्विर : कुमार तामाङ





























प्रतिक्रिया