काठमाडौँ

बिम्स्टेक शिखर सम्मेलनले यस क्षेत्रको गरिबी र पछौटेपन अन्त्य गर्ने संकल्प गरेको छ । "/>

गरिबी र पछौटेपन अन्त्य गर्ने बिम्स्टेक सम्मेलनको संकल्प

गरिबी र पछौटेपन अन्त्य गर्ने बिम्स्टेक सम्मेलनको संकल्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बिम्स्टेक शिखर सम्मेलनले यस क्षेत्रको गरिबी र पछौटेपन अन्त्य गर्ने संकल्प गरेको छ । आपसमा ‘अर्थपूर्ण र सम्मानजनक सहकार्य’ गर्ने वाचा सहित सम्मेलनले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

बिहीबार राजधानीमा आरम्भ भएको बिम्स्टेक शिखर सम्मेलनले अबको युग एसियाको भन्दै आपसमा सम्मानपूर्वक सहकार्यमा जोड दियो । शुक्रबारको समापनमा सदस्य मुलुकहरूले आउँदो १२ वर्षमा यस क्षेत्रको गरिबी पूर्णतः अन्त्य गर्ने वाचा गरे । गरिबी अन्त्यको यस्तो वाचा बिम्स्टेकका सदस्य मुलुकले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मार्फत तीन दशक अघि नै गरेका थिए ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरे । श्रीलंकाले आगामी शिखर सम्मेलन आयोजना गर्नेछ ।

सार्कमा शिखर सम्मेलन जुन मुलुकमा हुन्छ, सोही मुलुक अध्यक्ष हुन्छ भने यहाँ शिखर सम्मेलन गर्ने मुलुकले आउँदो सम्मेलन गर्ने मुलुकलाई अध्यक्षता हस्तान्तरण गर्ने चलन छ । सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले अध्यक्षता गरिरहेको थियो । अध्यक्षता हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले काठमाडौं सम्मेलनले बिम्स्टेकलाई नयाँ उर्जा थप्नुको साथै थप चलायमान र नतिजा दिने संगठनतर्फ उन्मुख बनाउन ईंटा थप्ने काम गरेको बताए ।

समापन समारोहमा निवर्तमान अध्यक्ष ओलीले भने, ‘अहिलेसम्म गरेका र आज जारी घोषणापत्र कार्यान्वयनमा गए क्षेत्रीय साझेदारीको लाभ जनता समक्ष पुग्नेमा आशंका छैन,’ उनले भने, ‘यस क्षेत्रको समस्या भनेकै प्रतिबद्धतालाई काममा बदल्नु हो । यो चुनौती अझै छ । बिम्स्टेकको भविष्य आगामी नतिजामा भर पर्छ ।’

यसपटक मुख्य बुँदा अन्तर्गत विभिन्न विषय र क्षेत्रगत व्याख्या गर्दै सहकार्यमा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गरे । सम्मेलन सफलताका लागि विविध तयारी गरेका बिम्स्टेक महासचिव शाहिदुल इस्लाम प्रति खुसी व्यक्त गर्दै उनले पेश गरेको प्रतिवेदनलाई राष्ट्र एवं सरकार प्रमुखहरूले स्वीकार गरिसकेको सुनाए । मन्त्रीस्तरीय बैठकबाट पारित भएर इस्लामले तयार गरेको प्रतिवेदन शिखर सम्मेलनमा पेश भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सार्क र बिम्स्टेक जस्ता क्षेत्रीय संगठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा आफ्नो कूटनीतिक साख र क्षमता प्रदर्शन गरेकोमा गर्व गरे । नेपालले अध्यक्षता ग्रहणपछिका साढे चार वर्षमा सबै सदस्यबाट उत्तिकै साथ र सहयोग पाएकोले शिखर सम्मेलन सफल भएकोमा उनले सबैप्रति आभार व्यक्त गरे ।

बिम्स्टेक सदस्य मुलुकहरू सन् २०३० सम्म यस क्षेत्रमा थाती रहेको २० प्रतिशत भन्दा बढी गरिबीको पनि अन्त्य गर्ने विषयमा सहमत भएको बताइएको छ । संयुक्त राष्ट्र संघको दीर्घकालीन विकास लक्ष्य अनुरूप नै उनीहरूले यो सहमति गरेका हुन् । बिम्स्टेक सदस्यबीच भएको मुख्य सहमतिमा आतंकवाद र यससँग सम्बन्धित सबै प्रकारका कार्यस“ग लड्नका लागि सामूहिक पहलको विषय पनि अर्थपूर्ण रहेको भन्दै यसमा सहकार्यका लागि सबैले जोड दिए ।

आतंकवाद विरुद्ध लड्ने, विकासको आधार मानिएको कृषिमा आधुनिकिकरण गर्ने र यसको नयाँ प्रविधि सहकार्य पनि घोषणामा छ । बिम्स्टेक भिसाको सहजीकरण, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण, व्यापार र लगानी बढाउने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
अन्नपूर्णबाट

Logo